बहुदरमाई नगरपालिकाको मेयरमा जसपा, उपमेयरमा एमाले विजयी

भूषण यादव

वीरगन्ज — पर्साको बहुदरमाई नगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) का सिंगासन सा तेली निर्वाचित भएका छन् ।

बहुदरमाई नगरपालिकाको मेयरमा जसपा, उपमेयरमा एमाले विजयी

निकटतम प्रतिद्वन्द्वी एमालेका शिव पटेललाई ३ सय ४६ मतले पराजित गर्दै तेली मेयरमा निर्वाचित भएका हुन् । जसपाका तेलीले ६ हजार ४ सय मत पाएका छन् भने एमालेका पटेलले ५ हजार ६५८ मत ल्याए । नगरपालिकाका निवर्तमान मेयर एवं कांग्रेसका उम्मेदवार रहेका नितेन्द्र साह तेली ५ हजार ५१६ मत ल्याएर तेस्रो भएका छन् ।

नगरपालिकाको उपमेयरमा ६ हजार ४४० मत ल्याएर एमालेकी सुष्मा कुशवाहा विजयी भएकी छन् । उनले कांग्रेसकी सोनामती देवीलाई ९ सय १५ मतले पराजित गरिन् । सोनामतिले ५ हजार ५२५ मत ल्याएकी छन् ।

प्रकाशित : जेष्ठ ५, २०७९ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?