सिरहा — सिरहा नगरपालिकाको मेयर र उपमेयरमा एमाले उम्मेदवार विजयी भएका छन् । एमालेका नविन कुमार यादवले मेयरमा ११ हजार १ सय ४३ मत प्राप्त गरी विजयी भएका हुन् । यादव एमालेका जिल्ला उपाध्यक्ष समेत हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उपेन्द्र कुमार यादवले ८ हजार ७ सय ३२ मत प्राप्त गरे ।
यादव कांग्रेसका मधेस प्रदेश महामन्त्री हुन् । यसैगरी उपमेयरमा एमालेकी बबिताकुमारी साह निर्वाचित भइन् । उनले १० हजार १ सय २६ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी सरिता कुमारी यादवले ८ हजार ५ सय ७७ मत प्राप्त गरिन् । २२ वडा रहेको सिरहा नगरपालिकामा एमाले ७, नेकपा एकीकृत समाजवादी ५, कांग्रेस र जसपा ४/४ वडामा विजयी भएका छन् । एउटा वडामा माओवादी केन्द्र र अर्को वडामा स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् ।
