पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा कांग्रेस विजयी

जेष्ठ ५, २०७९

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा उमेशचन्द्र यादव र उपाध्यक्षमा मानकुमारी चौधरी विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

अध्यक्षमा निर्वाचित यादवले ६ हजार ८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी जनता प्रगतिशील पार्टी नेपालका करम हुसेनले ३ हजार ८ सय ८ मत प्राप्त गरे ।

यसैगरी उपाध्यक्षमा विजयी चौधरीले ५ हजार ८ सय ५५ मत प्राप्त गर्दा जनता प्रगतिशील पार्टी नेपालकी अञ्जुकुमारी चौधरीले ४ हजार २ सय ९ मत प्राप्त गरिन् । 

२०७४ सालको स्थानीय निर्वाचनमा पनि यस पालिकामा कांग्रेसले बहुमत वडासहित अध्यक्ष र उपाध्यक्ष जितेको थियो ।

स्थानीय तह निर्वाचन २०७९

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully