कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धादिङको नीलकण्ठ नगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी विजयी

सरिता श्रेष्ठ

धादिङ — धादिङको नीलकण्ठ नगरपालिकाको मेयरमा भीमप्रसाद ढुंगाना विजयी भएका छन् । उनी १४ हजार ५ सय ७५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गंगादेवी श्रेष्ठले ९ हजार ६४ मत प्राप्त गरिन् ।

धादिङको नीलकण्ठ नगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी विजयी

ढुंगानाको यो दोस्रो कार्यकाल हो । २०७४ मा नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेर मेयरमा विजयी भएका थिए । यसपटक पनि उनी तीन दलीय गठबन्धनबाट उम्मेदवार बनेका हुन् ।

उपमेयरमा माओवादीका दीपक विश्वकर्मा विजयी भएका छन् । उनले ९ हजार ६ सय ९३ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार फन्द्रा तामाङले ७ हजार ९ सय १३ मत प्राप्त गरे ।

माओवादी केन्द्रबाट उम्मेदवार बनेका वडा नं. १ मा गणेशबहादुर गुरुङ, वडा नं. २ मा ध्वजबहादुर गुरुङ, वडा नं. ५ मा रामबहादुर श्रेष्ठ, वडा नं. १४ मा नमराज विजयी भएका छन् ।

त्यस्तै कांग्रेसबाट वडा नं. ६ मा भुपेन्द्रकुमार श्रेष्ठ, वडा नं. ७ मा गौतमहरि अधिकारी, वडा नं. ९ मा राजन बराइली, वडा नं. १० मा सरोज पाण्डे, वडा नं. ११ मा रामबहादुर श्रेष्ठ, वडा नं. १२ मा धर्मराज भण्डारी, वडा नं. १३ मा सोमबहादुर गुरुङ विजयी भएका छन् ।

नेकपा एमालेबाट वडा नं. ४ मा हरिबहादुर श्रेष्ठ विजयी भएका छन् । वडा नं. ३ मा राजकुमार श्रेष्ठ र वडा नं. ८ मा प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् । दुवै जना स्वतन्त्र उम्मेदवार हुन् ।

प्रकाशित : जेष्ठ ५, २०७९ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?