१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

गोलाप्रथाबाट धादिङको नीलकण्ठ-६ मा कांग्रेसका श्रेष्ठ विजयी

सरिता श्रेष्ठ

धादिङ — नीलकण्ठ नगरपालिका ६ का वडाध्यक्षका प्रत्याशीहरू दुई जनाको बराबरी मत आएपछि गोलाप्रथा गरिएको छ । गोलाप्रथाबाट नेपाली कांग्रेसका उम्मेदवार भुपेन्द्र श्रेष्ठ विजयी भएका छन् । मतगणना गर्दा नेपाली कांग्रेसका उम्मेदवार श्रेष्ठ र नेकपा माओवादी केन्द्रका उम्मेदवार लक्ष्मण रम्तेल दुवैको बराबर ७ सय ५८ मत आएको थियो ।

गोलाप्रथाबाट धादिङको नीलकण्ठ-६ मा कांग्रेसका श्रेष्ठ विजयी

वडाध्यक्षमा बराबर भए पनि ४ वटा वडा सदस्यहरूमा नेपाली कांग्रेसका उम्मेदवारहरू विजयी भएका छन् । नामको वर्णानुक्रमअनुसार पहिले भुपेन्द्रले गोला छनोट गर्दा विजयी भएको बताइएको छ । यो वडामा २०७४ सालमा नेकपा एमालेका उद्धव रिजाल विजयी भएका थिए । यसपटक एमाले तेस्रो स्थानमा पुगेकाे छ ।

गत वैशाख २८ गते राति नेपाली कांग्रेसका उम्मेदवारहरूलाई आक्रमण गरेर गम्भीर घाइते बनाएको अभियोगमा नेकपा माओवादी केन्द्रका उम्मेदवार लक्ष्मण रम्तेल प्रहरी हिरासतमा छन् भने उक्त घटनामा गम्भीर घाइते भएका कांग्रेस उम्मेदवार भुपेन्द्र श्रेष्ठ भने टाउकोको अपरेसन गरेर काठमाडौं अस्पतालमा उपचाररत रहेका छन् ।

गोला झिक्नका लागि रम्तेललाई प्रहरी हिरासतबाट मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लगिएको थियो भने भुपेन्द्रको तर्फबाट कांग्रेस धादिङका पार्टी सभापति रोहबर बसेका थिए ।

२८ गतेको आक्रमणमा संलग्न भएको आरोपमा ४ जना माओवादी कार्यकर्ताहरू प्रहरी हिसासतमा पुगेपछि उनीहरूले मतदान गर्न पाएका थिएनन् । ४ जनाले मतदान गर्न नपाउनु नै माओवादीलाई अभिसाप बन्न पुगेको थियो ।

गम्भीर घाइते अवस्थामा नै भुपेन्द्र एम्बुलेन्स चढेर मत हाल्न आएका थिए भने लक्ष्मणलाई भोट हालेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित : जेष्ठ ५, २०७९ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?