कैलालीको घोडाघोडीमा एकीकृत समाजवादी विजयी

मोहन बुडाऐर

धनगढी — कैलालीको घोडाघोडीमा  नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका उम्मेदवार खडकबहादुर रावत विजयी भएका छन् । उनले एमालेका ममताप्रसाद चौधरीलाई फराकिलो मतान्तरमा पराजित गरेका छन् । 

कैलालीको घोडाघोडीमा एकीकृत समाजवादी विजयी

निर्वाचन अधिकृतको कार्यालयका अनुसार समाजवादीका रावतले १३ हजार १ सय २८ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका प्रतिद्वन्द्वी निर्वतमान मेयर ममताप्रसाद चौधरीले ८ हजार २ सय ४१ मत मात्रै प्राप्त गरेका छन् । उपप्रमुखमा नेपाली कांग्रेसकी गुलियाकुमारी चौधरी विजयी भएकी छन् । उनले १२ हजार २ सय ७० मत प्राप्त गरेकी छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी करुणादेवी कटालाले ६ हजार ९ सय ६३ मत प्राप्त गरेकी छन् ।

कैलालीका १३ वटा स्थानीय तहमा समाजवादीले यो एक स्थानीय तह जितेको छ । परिणाम आउन बाँकी जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टी अगाडि रहेको छ । भजनी नगरपालिकामा पनि नागरिक उन्मुक्ति पार्टीले नै अग्रता लिएको छ ।

धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल अगाडि छन् । गौरीगंगामा माओवादी र लम्की चुहामा कांग्रेसले अग्रता लिएको छ ।

प्रकाशित : जेष्ठ ५, २०७९ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?