सिल तोडिएको मतपेटिका भेटिएपछि बुटवल- ११ को मतगणना स्थगित

जेष्ठ ५, २०७९

अमृता अनमोल

बुटवल — सिल तोडिएको अवस्थामा मतपेटिका भेटिएपछि बुटवल उपमहानगरपालिका ११ को मतगणना स्थगित भएको छ । मतगणनाका लागि मतपेटिका जम्मा गर्ने बेलामा सिल तोडिएको अवस्थामा मतपेटिका भेटिएपछि उत्पन्न विवादका कारण मतगणना कार्य स्थगित भएको हो ।

मतपेटिका खोलिएको र स्वस्तिक छाप पनि मतपेटिकाभित्रै भेटिएपछि विवाद उत्पन्न भएको थियो । विवाद बढेपछि बिहान १० बजेपछि गणना स्थगित भएको हो ।

निर्वाचन अधिकृत लेखनाथ पौडेलले अन्य वडाको मतगणना जारी रहे पनि उक्त वडाको गणना रोकिएको बताए । उनले कपडाले अल्झिएर पेटिकाको सिल खसेको हुन सक्ने भए पनि दलीय कार्यकर्ताहरूले विवाद झिकेको बताए ।

स्थानीय तह निर्वाचन २०७९

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully