कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिल तोडिएको मतपेटिका भेटिएपछि बुटवल- ११ को मतगणना स्थगित

अमृता अनमोल

बुटवल — सिल तोडिएको अवस्थामा मतपेटिका भेटिएपछि बुटवल उपमहानगरपालिका ११ को मतगणना स्थगित भएको छ । मतगणनाका लागि मतपेटिका जम्मा गर्ने बेलामा सिल तोडिएको अवस्थामा मतपेटिका भेटिएपछि उत्पन्न विवादका कारण मतगणना कार्य स्थगित भएको हो ।

सिल तोडिएको मतपेटिका भेटिएपछि बुटवल- ११ को मतगणना स्थगित

मतपेटिका खोलिएको र स्वस्तिक छाप पनि मतपेटिकाभित्रै भेटिएपछि विवाद उत्पन्न भएको थियो । विवाद बढेपछि बिहान १० बजेपछि गणना स्थगित भएको हो ।

निर्वाचन अधिकृत लेखनाथ पौडेलले अन्य वडाको मतगणना जारी रहे पनि उक्त वडाको गणना रोकिएको बताए । उनले कपडाले अल्झिएर पेटिकाको सिल खसेको हुन सक्ने भए पनि दलीय कार्यकर्ताहरूले विवाद झिकेको बताए ।

प्रकाशित : जेष्ठ ५, २०७९ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?