कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सिन्धुलीको कमलामाईमा रोकिएको मतगणना सुरु

राजकुमार कार्की

सिन्धुली — २ वटा मतपत्र बढी भेटिएपछि रोकिएको सर्वदलीय सहमतिपछि कमलामाई नगरपालिका १३ को मतगणना सुरु भएको छ । मुचुल्कामा लेखिएको भन्दा २ वटा मतपत्र बढी भेटिएपछि मतगणना दुई घण्टाअघि रोकिएको थियो ।

सिन्धुलीको कमलामाईमा रोकिएको मतगणना सुरु

वडा नम्बर १३ को मत पेटिकामा खसेको मतभन्दा बढी भेटिएपछि मतगणना रोकिएको मतगणना कार्य सर्वदलीय सहमतिपछि पुनः सुरु भएको निर्वाचन अधिकृत ध्रुवप्रसाद सापकोटाले जानकारी दिए ।

हाल वडा नम्बर १२, १३ र १४ को मतगणना भइरहेको छ । १४ वडामध्ये वडा नम्बर १, ४, ५, ६ र ९ नम्बरमा कांग्रेस ३, ७, ८, ११ नम्बरमा एमाले र २ र १० नम्बर वडाको अध्यक्ष माओवादी केन्द्रले जितेका छन् ।

हालसम्मको मतगणनामा गठबन्धनबाट मेयरमा कांग्रेसका उपेन्द्र पोखरेलले अग्रता कायम राखेका छन् । उनले १२ हजार ५ सय ३९ मत प्राप्त गरेका छन् भने एमालेका महेन्द्रदेव श्रेष्ठले १० हजार ८ सय ८ मत प्राप्त गरी पछ्याइरहेका छन् ।

उपमेयरमा एमालेकी मञ्जु देवकोटाले १० हजार ८ सय ७२ मत पाउँदा गठबन्धनबाट माओवादी केन्द्रका दीर्घराज श्रेष्ठको १० हजार २ सय ६९ रहेको छ ।

प्रकाशित : जेष्ठ ५, २०७९ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?