काभ्रे मण्डनदेउपुरको मेयरमा एकीकृत समाजवादीका वाइवा निर्वाचित

नगेन्द्र अधिकारी

काभ्रे — काभ्रेको मण्डनदेउपुर नगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका टोकबहादुर वाइवा विजयी भएका छन् । वाइवा ९ हजार ४ सय ६ मतसहित निर्वाचित भएका हुन् ।

काभ्रे मण्डनदेउपुरको मेयरमा एकीकृत समाजवादीका वाइवा निर्वाचित

उनका निकटतम प्रतिस्पर्धी एमालेका विदुरप्रसाद सापकोटाले ८ हजार ३ सय ५१ मत प्राप्त गरेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट निर्वाचित वाइवा पार्टी विभाजित भएपछि एकीकृत समाजवादीको जिल्ला अध्यक्ष छन् ।

उपप्रमुखमा नेपाली कांग्रेसका विष्णुमणि नेपाल विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेकी सरिता ढकाललाई ४ हजार ४ सय ७९ को मतन्तरले हराउँदै नेपाल निर्वाचित भएका हुन् । नेपालले ११ हजार ३ सय ५ र ढकालले ६ हजार ९ सय २४ मत प्राप्त गरेका छन् । उपप्रमुखमा निर्वाचित नेपाल वडा नं. १० का निवर्तमान अध्यक्ष हुन् ।

बहुमत वडाध्यक्ष भने कांग्रेसले जितेको छ । वडा नं २, ३, ६, ९, १०, ११, १२ मा कांग्रेस विजयी भएको छ भने एमालेले वडा नं. १, ४, ५, ७ मा जित हासिल गरेको छ । वडा नं. ८ मा माओवादी केन्द्रका निरञ्जन विष्ट निर्वाचित भएका छन् । विष्ट २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा उपप्रमुखमा पराजित भएका थिए ।

प्रकाशित : जेष्ठ ५, २०७९ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?