सिरहा — सखुवानन्कारकट्टी गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका केदारनाथ यादव पुनः अध्यक्ष पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका शत्रुघन प्रसाद साहलाई २६ मत अन्तरले पराजित गर्दै यादव निर्वाचित भएका हुन् । २०७४ को निर्वाचनमा यादव नेकपा एमालेबाट अध्यक्ष निर्वाचित भएका थिए ।
यादव ३ हजार ४ सय ७ मत सहित विजयी भएका हुन् । कांग्रेसका साहले ३ हजार ३ सय ८१ मत प्राप्त गरे ।
गाउँपालिका उपाध्यक्षमा भने कांग्रेसकी निलम यादव ३ हजार ४ सय ६२ मत सहित विजयी भएकी छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एसका प्रमिला यादवले ३ हजार २ सय २६ मत प्राप्त गरेको निर्वाचन अधिकृत अनन्त पौड्यालले जानकारी दिए ।
पलिकामा कांग्रेसले २, नेकपा एसले २ र जसपाले एउटा वडा जितेको छ । वडा नम्बर १ र २ मा क्रमशः कांग्रेसका संजय कुमार यदव र तनुकलाल यादव विजयी भएका छन् ।
नेकपा एसका तर्फबाट वडा नम्बर ३ मा भोगेन्द्र यादव र वडा नम्बर ५ मा विशेश्वर प्रसाद यादव निर्वाचित भएका छन् ।
वडा नम्बर ४ मा भने जनता समाजवादी पार्टी नेपालका रमेश कुमार यादव विजयी भएका छन् ।
