कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

सर्लाहीमा लोसपाको पहिलो जित, गोडैताको मेयर/उपमेयरमा विजयी

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले पहिलो जित निकालेको छ । गोडैता नगरपालिकाका मेयर तथा उपमेयर दुवैमा लोसपाले जित निकालेको हो । 

सर्लाहीमा लोसपाको पहिलो जित, गोडैताको मेयर/उपमेयरमा विजयी

गोडैता नगरपालिकाका मेयरमा लोसपाका उम्मेदवार देवेन्द्र यादव ५ हजार २ सय ९४ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्रप्रसाद कुशवाहालाई ५ सय ४२ मतान्तरले पराजित गरेका हुन् । पराजित कुशवाहाले ४ हजार ७ सय ५२ मत ल्याएका छन् ।

यस्तै उपमेयरमा लोसपाकै अन्जना कुशवाहा ५ हजार ३ सय १ मत ल्याई विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रामसखीदेवीले ४ हजार ४ सय ९३ मत प्राप्त गरिन् ।

यसअघिको स्थानीय तहको निर्वाचनमा तत्कालीन राजपाले ६ स्थानीय तह जितेको थियो । यस वर्ष भने निर्वाचनमा एक तहमा मात्र सीमित भएको छ ।

जिल्लाको २० स्थानीय तहमध्ये ५ स्थानीय तहको मतगणना भइरहेको छ । जसमध्ये कांग्रेस २ स्थानीय तहमा, एमाले, माओवादी र जसपाले एक–एक स्थानीय तहमा अग्रता लिइरहेको छ ।

प्रकाशित : जेष्ठ ५, २०७९ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?