कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुगुका अधिकांश वडामा कांग्रेस विजयी

राजबहादुर शाही

मुगु — जिल्लाको चारवटा स्थानीय तह र ४५ वटा वडाहरुमा कांग्रेसको वर्चश्व देखिएको छ । छायाँनाथ रारा नगरपालिकाको १४ वटामध्ये कांग्रेसले ६, एमालेले ७ र एकीकृत समाजवादीले एउटा वडा जितेको छ ।

मुगुका अधिकांश वडामा कांग्रेस विजयी

त्यसैगरी खत्याड गाउँपालिकामा कांग्रेस ३, माओवादीले ५ र एमालेले ३ वडाध्यक्ष जितेका छन् भने सोरु गाउँपालिकामा कांग्रेसले ४, माओवादीले २, एमालेले २ र स्वतन्त्रले ३ वडाअध्यक्ष जितेका छन् ।

मुगुम कार्मारोङ गाउँपालिकामा कांग्रेसले ५ र एमालेले ४ वडाध्यक्ष जितेको छ । एकीकृत समाजवादी पार्टीले सोरुमा १ अध्यक्ष र १ महिला वडाध्यक्षमा चित्त बुझाएको छ ।

मुगुका ४५ वटा वडा मध्ये नेकपा माओबादी केन्द्रले ७ वटा वडाध्यक्ष मात्र जित्न सफल भएको छ । १८ वटा वडाध्यक्ष जितेर कांग्रेस पहिलो र १६ वटा वडाअध्यक्ष जितेर एमाले दोस्रो भएको छ ।

जिल्लाको ४५ वटा वडामध्ये दलित अध्यक्षमा १ जनाले मात्र जितेको छ भने महिला अध्यक्ष पनि १ जना मात्र छ ।

प्रकाशित : जेष्ठ ५, २०७९ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?