स्थानीय तह निर्वाचनमा एमालेको जनमत यथावत : उपमहासचिव ज्ञवाली

जेष्ठ ५, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा(एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तह निर्वाचनमा पार्टीको जनमत यथावत रहेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकका लागि संसद् भवन पुगेका ज्ञवालीले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै आफूहरुको जनमत यथावत रहेको बताएका हुन् । उनले अन्य पार्टीसँग थोरै मतअन्तर रहेका ठाउँहरुमा गठबन्धनका कारण आफूहरुको पराजय भएको बताए । उनले एमालेको ४८ सालदेखि आएको जनमत यस निर्वाचनबाट पनि तलमाथि नभएको उल्लेख गरे । 

उनले कतै कतै पार्टीको आन्तरिक कारणहरुले पनि पार्टीले हारेको भन्दै त्यसको समिक्षा गर्ने बताए । उपमहासचिव ज्ञवालीले संसद्को यस अधिवेशनमा संवेदनशील खालका विधेयकहरु टुंग्याउनुपर्ने र त्यसमा एमालेको सहयोग हुने बताए । उनले भने,‘सरकारले विधेयक ल्यायो भने पास हाम्रो सहयोग चाहेमा हामीसाग परामर्श हुनुपर्‍यो । मुख्यमुख्य र संवेदनशील खालका विधेयकहरु छिटो टुंगो हुन भन्ने चाहान्छौं । त्यसमा हाम्रो रचनात्मक सहयोग रहन्छ ।’

उनले नेकपा(एकीकृत समाजवादी)लाई सभामुख र अदालतले बचाइदिएको भएपनि जनताले नबचाइदिएको टिप्पणी गरे ।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully