१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बाग्चौर नगरपालिका प्रमुखमा कांग्रेसका गौतम विजयी

विप्लव महर्जन

सल्यान — जिल्लाको बाग्चौर नगरपालिकामा प्रमुख पदमा कांग्रेसका उमेदवार जनकराज गौतम विजयी भएका छन् । गौतमले ६ हजार २७ मत ल्याएका छन भने निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रहेका किर्तीबहादुर पुनले ५ हजार ५ सय ९५ मत ल्याए । एमालेका तिलक मल्लले ३ हजार ४ सय २० मत ल्याएका छन ।

बाग्चौर नगरपालिका प्रमुखमा कांग्रेसका गौतम विजयी

यस्तै, उपप्रमुख पदमा भने माओवादी केन्द्रकी उमेदवार सुम्निमा डिसि विजयी भएकी छन् । उनले ६ हजार ६ सय १४ मत ल्याएकी छन् । कांग्रेसकी निकटतम प्रतिद्वन्द्वी दीपा खडकाले ५ हजार २ सय ३४ र एमालेकी भक्तकुमारी बिएमले ३ हजार १ सय ८ मत ल्याएकी छन ।

यसअघि २०७४ को स्थानीय निर्वाचनमा बाग्चौर नगरपालिकामा माओवादी केन्द्रले प्रमुख र उपप्रमुखसहित धेरै वडामा जितेको थियो ।

१२ वडा वडा रहेको नगरपालिकामा वडा अध्यक्षमा एक समाजवादी, दुई एमाले, ६ कांग्रेस र तीनवटा वडामा माओवादी केन्द्रले जितेको छ ।

बाग्चौर नगरपालिकामा २२ हजार २ सय ६४ मतदाता रहेकामा १६ हजार ८१ ले मतदान गरेका निर्वाचन अधिकृत राजेन्द्र प्रसाद पोखरेलले बताए ।

यस्तै, जिल्लाका १० स्थानीयतहमा कांग्रेसले पाँच पालिका जितेको छ । माओवादी केन्द्रले दुई, एमालेले दुई र नेकपा समाजवादीले एक पालिका जितेको छ ।

०७४ को स्थानीय निर्वाचनमा कांग्रेसले तीन, माओवादीले तीन र एमालेले चार पालिका जितेको थियो ।

प्रकाशित : जेष्ठ ५, २०७९ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?