कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अर्घाखाँचीको शितगंगा-१२ को वडाध्यक्षमा गोलाप्रथाबाट कांग्रेसका घर्ती निर्वाचित

वीरेन्द्र केसी

अर्घाखाँची — शितगंगा नगरपालिका–१२ को वडाध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चोपबहादुर घर्ती र एमाले उम्मेदवार सञ्जय रानाका दुवैले बराबरी मत पाएपछि गोलाप्रथाबाट कांग्रेसका घर्ती विजयी भएका छन् । दुवै मत परिणाम समान ७ सय ६८ आएपछि विवाद हुँदा घोषणा गर्न बाँकी रहेको वडाध्यक्षलाई दुई दिनपछि गोलाप्रथाबाट विजेता घोषणा गरिएको हाे । 

अर्घाखाँचीको शितगंगा-१२ को वडाध्यक्षमा गोलाप्रथाबाट कांग्रेसका घर्ती निर्वाचित

गोलाप्रथाबाट कांग्रेसका घर्ती वडाध्यक्षमा निर्वाचित भएका छन् । मंगलवार नै अन्तिम मतगणना सकिएको थियो । दुवै जनाको मत बराबर आएपछि मतगणस्थल बाहिर आशंका व्यक्त गर्दै विरोध प्रदर्शन भएको थियो । विवाद भएपछि केही घण्टा मतगणना स्थगित भएको थियो ।

विवाद मिल्न नसकेपछि वडा १२ को अन्तिम मतपरिणाम सर्वजनिक गर्न थाती राख्दै बाँकी वडाको मतमरिणाम गणना भएको हो । राती दुई बजेतिर सबै मतगणना सकिएपछि नगप्रमुखमा कांग्रेसका छविलाल पौडेल र उपप्रमुखमा एमालेकी गिता भाट विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको थियो ।

विहीबार दिउँसो दलको बैठक बसेर गोलाप्रथाबाट छनोट गर्ने सहमति भएपछि विहीबार बेलुकापख गोला थुताएर वडाध्यक्षमा कांग्रेसका चोपबहादुर घर्ती छनोट भएको निर्वाचन अधिकृत श्याम सुन्दर चौधरीले बताए ।

चार जना वडा सदस्यमा भने एमालेका निर्वाचित भएका छन् ।

प्रकाशित : जेष्ठ ५, २०७९ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?