चन्द्रागिरी नगरपालिकामा कांग्रेसका गिरी र एमालेकी श्रेष्ठ निर्वाचित

जेष्ठ ५, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौंको चन्द्रागिरी नगरपालिकामा नेपाली कांग्रेसका निवर्तमान मेयर घनश्याम गिरी र नेकपा एमालेकी बसन्ती श्रेष्ठ निर्वाचित भएका छन् । निर्वाचन अधिकृत सिर्जना थपलियाका अनुसार कांग्रेसका गिरीले १५ हजार ४७५ मत प्राप्त गर्दै दोस्रोपटक मेयरमा निर्वाचित भए ।

उनका निकटतम प्रत्यासी उत्तमबहादुर राउतले १४ हजार ६५१ मत पाए । उपमेयरमा निर्वाचित एमालेकी श्रेष्ठले १५ हजार ५६४ मत पाइन् भने राष्ट्रिय जनमोर्चाका रोशन दानीले ४ हजार ४५९ मत पाए । 

यहाँ कांग्रेस-जनमोर्चाबीच गठबन्धन थियो । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully