१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

चन्द्रागिरी नगरपालिकामा कांग्रेसका गिरी र एमालेकी श्रेष्ठ निर्वाचित

काठमाडौँ — काठमाडौंको चन्द्रागिरी नगरपालिकामा नेपाली कांग्रेसका निवर्तमान मेयर घनश्याम गिरी र नेकपा एमालेकी बसन्ती श्रेष्ठ निर्वाचित भएका छन् । निर्वाचन अधिकृत सिर्जना थपलियाका अनुसार कांग्रेसका गिरीले १५ हजार ४७५ मत प्राप्त गर्दै दोस्रोपटक मेयरमा निर्वाचित भए ।

चन्द्रागिरी नगरपालिकामा कांग्रेसका गिरी र एमालेकी श्रेष्ठ निर्वाचित

उनका निकटतम प्रत्यासी उत्तमबहादुर राउतले १४ हजार ६५१ मत पाए । उपमेयरमा निर्वाचित एमालेकी श्रेष्ठले १५ हजार ५६४ मत पाइन् भने राष्ट्रिय जनमोर्चाका रोशन दानीले ४ हजार ४५९ मत पाए ।

यहाँ कांग्रेस-जनमोर्चाबीच गठबन्धन थियो ।



प्रकाशित : जेष्ठ ५, २०७९ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?