सुर्खेतको भेरीगंगामा गठबन्धनलाई पराजित गर्दै एमाले विजयी, चौकुनेमा गठबन्धन विजयी

चाँदनी कठायत

वीरेन्द्रनगर — सुर्खेतको भेरीगंगा नगरपालिकामा कांग्रेसको गढ भत्काउँदै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । भेरीगंगाको प्रमुखमा एमालेका यज्ञप्रसाद ढकाल विजयी भएका हुन् । ढकालले १० हजार १२ मत ल्याएर विजयी भएका छन् ।

सुर्खेतको भेरीगंगामा गठबन्धनलाई पराजित गर्दै एमाले विजयी, चौकुनेमा गठबन्धन विजयी

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद सिंहले ९ हजार ७ सय ९७ मत ल्याएर परजित भएका छन् ।

भेरीगंगामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच चुनावी गठबन्धन भएको थियो । उपप्रमुखमा पनि एमालेका धनसरा बोहोरा विजयी भएकी छन् । बोहोराले ९ हजार ६ सय १४ मत ल्याएर विजयी हुँदा गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रका नन्दबहादुर कार्की ८ हजार ९ सय १३ मत ल्याएर पराजित भएका छन् । यसअघिको निर्वाचनमा भेरीगंगाको प्रमुख र उपप्रमुख कांग्रेसले जितेको थियो ।

यसैबीच, सुर्खेतको चौकुने गाउँपालिकामा माओवादी केन्द्र र कांग्रेसको गठबन्धन विजयी भएको छ । बुधबार साँझ आएको अन्तिम मतपरिणामअनुसार माओवादी केन्द्रका खडक विक अध्यक्षमा निर्वाचित भएका हुन् । उपाध्यक्षमा कांग्रेसका नरबहादुर बान्तोलाले जित हात पारेका छन् ।

विकले एमाले उम्मेदवार हरी अधिकारीलाई दुई हजार मतान्तरले पराजित गरेका हुन् । विकले ५ हजार ४ सय ७६ मत ल्याउँदा अधिकारीले ३ हजार ४ सय १४ मत ल्याए । उपाध्यक्षमा बान्तोलाले ४ हजार ७ सय ९१ मत ल्याए भने एमालेकी उपाध्यक्ष उम्मेदवार निर्मला राना मगरले ३ हजार ९ मत पाइन् । मगर यसअघिको निर्वाचनमा उनी उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

प्रकाशित : जेष्ठ ५, २०७९ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?