कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

१० पटकसम्म वडाध्यक्ष जितेका व्यञ्जनकार पराजित

काठमाडौँ — अहिलेसम्म १० पटक वडाध्यक्ष जितेका ललितपुर १० का नरसिंह व्यञ्जनकार यो पटक पराजित भएका छन् । ललितपुर-१० को मतपरिणामअनुसार कांग्रेसका उम्मेदवार रविनमान व्यञ्जनकारले स्वतन्त्र उम्मेदवार नरसिंहलाई पराजित गरेका हुन् ।

१० पटकसम्म वडाध्यक्ष जितेका व्यञ्जनकार पराजित

नतिजाअनुसार रविनमानले ८२५ मत ल्याउँदा नरसिंहले ५ सय ४३ मत ल्याए । त्यस्तै राप्रपाका वीरबहादुर तामाङले ८० मत ल्याए ।

व्यञ्जनकार पहिलो पटक २०२९ मा ललितपुर नगरपालिका–१ बाट वडाध्यक्ष बने । उक्त चुनावमा देवेन्द्रलाल अमात्यलाई उनले ४ सय २२ मतको अन्तरले हराएका थिए । चुनाव जितेपछि उनको ध्यान जनतालाई सेवा सुविधा दिनेमै केन्द्रित रह्यो । त्यसबाट उनलाई विश्वास जित्न सहज भयो । पञ्चायत कालमा गाउँ फर्क राष्ट्रिय अभियान लागू भएपछि २०३४ मा उनी नै वडाध्यक्ष छानिए ।

२०३६ मा जनमत संग्रहको घोषणा भएपछि राजीनामा दिएर बहुदल ल्याउन आन्दोलनमा होमिए । २०३९ मा भएको स्थानीय निकायको चुनावमा पुनः निर्विरोध भए । २०४० मा नगरपालिका भवन बनाउने विषयमा तत्कालीन प्रधानपञ्चसँग विवाद भएपछि उनले राजीनामा दिए ।

२०४१ मा भएको उपचुनाव र २०४३ मा पुनः निर्विरोध भए । पञ्चायत ढलेर प्रजातन्त्रको पुनर्बहाली भएपछि २०४९ सालको पहिलो स्थानीय चुनावमा उनलाई कांग्रेसले टिकट दियो । फेरि पनि उनका विरुद्ध उम्मेदवारी दिने आँट कसैले गरेन र निर्विरोध भए । २०५४ र २०७४ को स्थानीय निकायको चुनावमा पनि उनी स्वतन्त्र उम्मेदवारकै रूपमा निर्वाचित भएका थिए ।

प्रकाशित : जेष्ठ ५, २०७९ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?