पश्चिम नवलपरासीको सुस्तामा कांग्रेसका उपाध्याय र चौधरी विजयी 

जेष्ठ ५, २०७९

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली  कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।  अध्यक्षमा टेक नारायण उपाध्याय र उपाध्यक्षमा गिता चौधरी निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित उपाध्यायले ६ हजार ६ सय ५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका  रामप्रसाद पाण्डेयले ५ हजार ९ सय ८४ मत प्राप्त गरे । गाउँपालिका उपाध्यक्ष  पदमा नेपाली कांग्रेसकी गिता चौधरीले ६ हजार ६ सय ५ मत प्राप्त गरी विजयी भएकी छन् ।  निकटतम प्रतिद्वन्द्वी  एमालेकी  ईन्द्रकुमारी थरुनीले ५ हजार ९ सय ८४ मत प्राप्त गरिन् । अध्यक्ष र उपाध्यक्षमा पराजित नेकपा एमालेका दुबै जना उम्मेदवार निवर्तमान गाउँपालिका अध्यक्ष र उपाध्यक्ष हुन् ।  

स्थानीय तह निर्वाचन २०७९

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully