सप्तरीको शम्भुनाथ नगरमा मेयर र उपमेयर दुबैमा नेकपा समाजवादीकाे जित

जेष्ठ ५, २०७९

अबधेशकुमार झा

राजविराज — सप्तरीको शम्भुनाथ नगरपालिकाको मेयर र उपमेयर दुबै पदमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा ५ हजार ३९२ मत प्राप्त गरी जितेन्द्रप्रसाद गुप्ता कलवार विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिपेन्द्र चौधरीले ४ हजार १ सय ४३ मत प्राप्त गरे । 

यसैगरी उपमेयरमा पनि समाजवादीकै अनिता चौधरी ४ हजार ९ सय ९८ मत प्राप्त गर्दे विजयी भएकी छिन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी जलपनाकुमारी सरदारले ४ हजार २ सय ७१ मत प्राप्त गरिन् । 

स्थानीय तह निर्वाचन २०७९

अबधेशकुमार

Link copied successfully