पर्साको पोखरिया नगरपालिकामा एमालेका चौहान विजयी

जेष्ठ ५, २०७९

भूषण यादव

वीरगन्ज — पर्साको पोखरिया नगरपालिका प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएको छन् । प्रमुखमा प्रदुमनप्रसाद चौहानले कांग्रेसका दीपनारायण रौनियारलाई २ हजार ४ सर ३३ मतान्तरले पराजित गरेका हुन् । 

संविधानसभा सदस्यसमेत रहेका चौहानले ५ हजार ५५४ मत ल्याएका छन् । पोखरियाका निवर्तमान मेयरसमेत रहेका रौनियारले ३ हजार १ सय २१ मत ल्याए । 

उप्रमुखमा एमालेकी रुवी ठाकुरले कांग्रेसकी रेहाना खातुनलाई १ हजार २ सय ६६ मतान्तरले पराजित गरेकी छन् । ठाकुरले ५ हजार १ सय ९५ मत ल्याएकी छन् भने खातुनले ३ हजार ९ सय २९ मत ल्याएकी निर्वाचन कार्यालयले जनाएको छ । 

१० वडा रहेको पोखरिया नगरपालिकामा कांग्रेसले ५, एमालेले ४ र नेपाल सुशासन पार्टीले एउटा वडाध्यक्ष जितेका छन् ।

स्थानीय तह निर्वाचन २०७९

भूषण

Link copied successfully