काठमाडौंको गोकर्णेश्वरमा कांग्रेसका रिसाल र एमालेकी लामा विजयी

एमालेको ५, कांग्रेसको ३ र एक स्वतन्त्र वडाध्यक्ष निर्वाचित

काठमाडौँ — काठमाडौंको गोकर्णेश्वर नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका दीपककुमार रिसाल र उपप्रमुखमा नेकपा एमालेकी सान्नानी लामा विजयी भएकी छिन्। प्रमुखमा निर्वाचित रिसालले ९ हजार ६ सय ९२ मत प्राप्त गरेका छन् ।

काठमाडौंको गोकर्णेश्वरमा कांग्रेसका रिसाल र एमालेकी लामा विजयी

उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उद्धव विष्टले ८ हजार ५ सय ४ मत प्राप्त गरेका थिए ।

त्यसैगरी उपप्रमुखमा निर्वाचित नेकपा एमालेकी लामाले ८ हजार ८ सय ४ मत प्राप्त गरिन् । कांग्रेसकी शान्ति नेपाललाई ८ हजार ६ सय ७१ मत प्राप्त गरेकी छिन् । गोकर्णेश्वरको ५ वडा एमालेले जितेको छ । एमालेले वडा नम्बर १, २,३, ६, ७ अध्यक्ष जितेको छ भने कांग्रेसले ५, ८ र ९ नम्बर वडामा जित हासिल गरेको छ । स्वतन्त्रले वडा नम्बर ४ मा अध्यक्ष जितेको छ ।

२०७४ सालमा भएको स्थानीय चुनावमा कांग्रेसले प्रमुख तथा उपप्रमुख र बहुमत वडाध्यक्ष जितेको थियो । काठमाडौंका शंखरापुरा, बुढानीलकण्ठ, टोखा, तारकेश्वर, कीर्तिपुर, दक्षिणकाली नगरपालिकको परिणाम सार्वजनिक भएको छ ।

जसमा शंखरापुरमा राप्रपा, तारकेश्वर, कीर्तिपुर, दक्षिणकाली नगरपालिका कांग्रेसले जितेको छ । एमाले बुढानिलकण्ठ र टोखा एमालेले जितेको छ । कागेश्वरी मनोहरा, नागार्जुन, चन्द्रगिरी नगरपालिका र काठमाडौं महानगरपालिमा मतगणना जारी रहेछ ।

प्रकाशित : जेष्ठ ४, २०७९ २१:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?