महोत्तरीको पिपरामा जसपाका यादव र पाण्डेय निर्वाचित

जेष्ठ ४, २०७९

सुनिता बराल

महोत्तरी — पिपरा गाउँपालिकामा जनता समाजवादी पार्टीका रामजानकी यादव र बन्दना पाण्डेय निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित यादवले ५ हजार ५८२ मत पाए भने लोकतान्त्रिक समाजवादी पार्टीका अमितकुमार पाण्डेयले २ हजार ९७७ मत ल्याए ।

 उपाध्यक्षमा निर्वाचित पाण्डेयले ५ हजार ४० मत पाइन् भने लोकतान्त्रिक समाजवादी पार्टीकी रविताकुमारीले ३ हजार ६२३ मत पाइन् ।

स्थानीय तह निर्वाचन २०७९

सुनिता बराल कान्तिपुरकी महोत्तरी संवाददाता हुन् ।

Link copied successfully