बाँकेको नरैनापुर गाउँपालिकाको मतगणना स्थगित

जेष्ठ ४, २०७९

जे पाण्डे

बाँके — बाँकेको नरैनापुर गाउँपालिकामा मतगणना स्थगित भएको छ । मतदान अधिकृतको दस्तखत नभएको मत फेला परेपछि मतगणना स्थगित भएको हो ।

गणनाका क्रममा मतदान अधिकृतकाे दस्तखत नभएका १ सय ४ मत फेला परेपछि विवाद भएको थियो । विवाद बढ्दै गएपछि मत गणना स्थगित भएको हो । 

यहाँ जनता समाजवादी पार्टीका उम्मेदवार इश्तियाक अहमद शाह १ हजार २० मतका साथ अग्रस्थानमा छन् । शाहलाई पछ्याइरहेका नेपाली कांग्रेसका रामचन्द्र मौर्य चौधरीले ८२० मत ल्याएका छन् ।

स्थानीय तह निर्वाचन २०७९

जे

Link copied successfully