बैतडीको पुर्चौडी नगरपालिका प्रमुखमा कांग्रेसका बम विजयी

जेष्ठ ४, २०७९

तृप्ति शाही

बैतडी — बैतडीको पुर्चौडी नगरपालिकामा कांग्रेसले जितेको छ । नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा कांग्रेस विजयी भएको हो ।

प्रमुखमा कांग्रेसबाट उम्मेदवार बनेका दीपकबहादुर बमले ५ हजार ८ सय ८० मतका साथ जिते । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कर्ण बहादुर कुवँरले ३ हजार ९ सय ६५ मत प्राप्त गरे ।

यस्तै, उपप्रमुखमा पनि कांग्रेसकी मिना धानुक विजयी भइन् । उनले ५ हजार २ सय मत ल्याउँदै निकटतम प्रतिद्वन्द्वी एमालेकी जानकीकुमारी बोहरालाई हराइन् । जानकीले ४ हजार ६ सय १२ मत प्राप्त गरिन् ।

१० वटा वडा रहेको पुर्चौडीमा ५ वटामा कांग्रेस र ४ वटामा एमालेले जितेको छ । १ वडामा माओवादीले जितेको छ ।

स्थानीय तह निर्वाचन २०७९

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully