धादिङ — धादिङको गंगाजमुना गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भक्तबहादुर लामा विजयी भएका छन् । उनले ६ हजार २ सय ६२ मत प्राप्त गरे ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले भक्तबहादुर लामिछानेले चार हजार ५० मत प्राप्त गरेका छन् ।
त्यस्तै, गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका रामेश्वर सिंखडाले पाँच हजार ३८ मत ल्याई विजय भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी एञ्जिला तामाङले चार हजार एक सय ९६ मत प्राप्त गरेकी छन् । अध्यक्ष र उपाध्यक्षमा विजयी दुवै जना गठबन्धन दलबाट उम्मेदवार बनेका थिए ।
गंगाजमुना गाउँपालिका वडा नं १ को वडा अध्यक्षमा माओवादी केन्द्रका बहादुर तामाङ, वडा नम्बर २ मा नेपाली कांग्रेसका बलबहादुर तामाङ, वडा नम्बर ३ मा नेपाली कांग्रेसका राजकुमार गुरुङ, वडा नम्बर ४ मा नेकपा एमालेका प्रेम घले, वडा नम्बर ५ मा माओवादी केन्द्रका कुमारबहादुर अधिकारी, वडा नम्बर ६ मा नेकपा एमालेका रमेश ढकाल र वडा नम्बर ७ मा एकीकृत समाजवादीका रविन अधिकारी विजयी भएका छन् ।
