मतगणनाको विवादबारे धुलिखेलमा सर्वदलीय बैठकमा सहमति हुन सकेन

जेष्ठ ४, २०७९

नगेन्द्र अधिकारी

काभ्रे — स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत धुलिखेल नगरपालिकाको मतगणनामा भएको विवाद समाधान गर्न धुलिखेलमा सर्वदलीय बैठक बसे पनि सहमती हुन सकेको छैन ।

उम्मेदवार नभएको चिह्नको मत सदर वा बदर के गर्ने ? भन्ने विषयमा विवाद भएपछि मतगणना मंगलबार दिउँसोबाट हुन सकेको छैन । मुख्य निर्वाचन अधिकृतको कार्यालयले विवाद समाधानका लागि निर्वाचन आयोगलाई लेखेको पत्रको जवाफ आएको बताएपनि त्यसबारे केही खुलाइएको छैन । 

मतगणना सुरु हुनुअघि दलहरूसहितको बैठकले एउटै पदमा उम्मेदवार नउठेको र उठेको पद दुवैमा छाप छ भने उम्मेदवार भएको पदमा त्यो संकेत सदर मान्ने सहमति गरेको थियो । सोहीअनुरुप वडा नम्बर ८ सम्मको मतगणना सकेर घोषणासमेत भइसकेको छ ।

वडा नम्बर ९ को मत गणना गर्ने बेलामा निर्देशिका विपरीत सहमति भएकोमा आफ्नो गल्ती महसुस गर्दै मुख्य जिल्ला न्यायधीशसमेत रहेका मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले नयाँ व्यवस्था अनुसार गणना गर्न अनुरोध गरेपनि नगरप्रमुख पदका प्रत्यासी विदुरबहादुर बस्नेत लगायत अन्य दलका प्रतिनिधिले आपत्ति जनाएका छन् ।

स्थानीय तह निर्वाचन २०७९

नगेन्द्र

Link copied successfully