उदयपुरको चौदण्डीगढीमा एमालेका लामा र दुलाल निर्वाचित- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उदयपुरको चौदण्डीगढीमा एमालेका लामा र दुलाल निर्वाचित

डिल्लीराम खतिवडा

उदयपुर — चौदण्डीगढी नगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा एमालेका कालु लामा र उपमेयरमा एमालेकै मणिकादेवी दुलाल निर्वाचित भएका छन् । लामाले कांग्रेसका खग्रेन्द्र राईलाई ८ सय ५१ मतान्तरले पराजित गरेका हुन् । उनले ८ हजार ८ सय ६३ मत पाए भने कांग्रेसका राइले ८ हजार १२  मत पाए । राई चौदण्डीगढीका निवर्तमान प्रमुख हुन् ।

उपमेयरमा निर्वाचित दुलालले ९ हजार ५ सय ६६ मत पाइन् । उनका निकटतम प्रतिद्वन्द्वी काग्रेसकी रिताकुमारी चौधरीले ७ हजार ७ सय ६० मत प्राप्त गरेकी छन । दुलालसँग पराजित चौधरीपनि चौदण्डीगढी नगरपालिकाकी निवर्तमान उपमेयर हुन् ।

१० वडा रहेको चौदण्डीगढी नगरपालकामा १, २, ४, ५, ७, ८, ९ र १० मा क्रमश सिताराम राई, हरिबहादुर खडका, लुंगराज राई, तुलसी ढकाल, केशव अधिकारी, भवनाथ कुमार मगर, प्रकास राउत र धर्मेन्द्रकुमार खडका विजयी भएका छन् । नगरको ३ र ६ नम्वर वडाध्यक्षमा काग्रेसका पशुराम राई र अमरबहादुर खडका विजयी भएको निर्वाचन अधिकृत महेश दाहालले बताए ।

प्रकाशित : जेष्ठ ४, २०७९ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्

दोलखाको गौरीशंकर गाउँपालिका अध्यक्षमा माओवादी, उपाध्यक्षमा कांग्रेस विजयी

केदार सिवाकोटी

दोलखा — दोलखाको गौरीशंकर गाउँपालिकाको प्रमुखमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका विश्वास कार्की विजयी भएका छन् । कार्कीले ४ हजार ७ सय ५१ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जंगबहादुर गुरुङले ३ हजार ७ सय ५७ मत प्राप्त गरेका छन् । 

यस्तै उपप्रमुखमा गठबन्धनबाटै नेपाली कांग्रेसका श्यामसुन्दर तामाङ विजयी भएका छन् । उनले ४ हजार ७ सय ४१ मत ल्याए । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेकी मुना शिवाकोटीले ३ हजार २ सय ८१ मत प्राप्त गरिन् ।

प्रकाशित : जेष्ठ ४, २०७९ २०:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×