दोलखाको गौरीशंकर गाउँपालिका अध्यक्षमा माओवादी, उपाध्यक्षमा कांग्रेस विजयी

जेष्ठ ४, २०७९

केदार सिवाकोटी

दोलखा — दोलखाको गौरीशंकर गाउँपालिकाको प्रमुखमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका विश्वास कार्की विजयी भएका छन् । कार्कीले ४ हजार ७ सय ५१ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जंगबहादुर गुरुङले ३ हजार ७ सय ५७ मत प्राप्त गरेका छन् । 

यस्तै उपप्रमुखमा गठबन्धनबाटै नेपाली कांग्रेसका श्यामसुन्दर तामाङ विजयी भएका छन् । उनले ४ हजार ७ सय ४१ मत ल्याए । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेकी मुना शिवाकोटीले ३ हजार २ सय ८१ मत प्राप्त गरिन् । 

स्थानीय तह निर्वाचन २०७९

केदार सिवाकोटी कान्तिपुरका दोलखा संवाददाता हुन् ।

Link copied successfully