कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्युठानको गौमुखीमा कांग्रेसका गिरी र माओवादी केन्द्रका राना निर्वाचित

शमशेरविक्रम जीसी

प्यूठान — गौमुखी गाउँपालिकामा नेपाली कांग्रेसबाट निवर्तमान अध्यक्ष बिष्णुकुमार गिरी पुन: निर्वाचित भएका छन् । उनले नेकपा एमालेका जुमानसिहं जिसी र राष्ट्रिय जनमोर्चाका ज्ञामुराम न्यौपानेलाई पराजित गरे । अध्यक्षमा निर्वाचित गिरीले तीन हजार ६४९ मत ल्याए भने नेकपा एमालेका जुमानसिहं जिसीले २८ सय र राष्ट्रिय जनमोर्चाका ज्ञामुराम न्यौपानेले दुई हजार ६२९ मत ल्याए ।

प्युठानको गौमुखीमा कांग्रेसका गिरी र माओवादी केन्द्रका राना निर्वाचित

यस्तै, गाउँपालिका उपाध्यक्षमा नेकपा माओबादी केन्द्रका महाबिर राना बिजयी भएका छन् । नेकपा एमालेकी ज्ञानुमाया केसी र राष्ट्रिय जनमोर्चाकी तारा पुरीलाइ पराजित गर्दै राना उपाध्यक्षमा बिजयी भएका हुन् ।

माओबादी केन्द्रका रानाले चार हजार ३४६ मत प्रप्त गरे । उनका प्रतिस्पर्धी नेकपा एमालेकी ज्ञानुमाया केसीले तिन हजार ३० र जनमोर्चाकी तारा पुरीले एक हजार १९७ मत प्राप्त गरिन् । गाउँपालिकामा नेपाली काग्रेस र नेकपा माओबादी केन्द्रबीच चुनाबी गठबन्धन भएको थियो । नेकपा एमाले र राष्ट्रिय जनमोर्चा एक्ला–एक्लै लडेको थियो ।


प्रकाशित : जेष्ठ ४, २०७९ २०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?