कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धादिङको सिद्धलेकमा कांग्रेसका खतिवडा र समाजवादीकी अर्याल विजयी

सरिता श्रेष्ठ

धादिङ — सिद्धलेक गाउँपालिकामा सत्ता गठबन्धन दलका उम्मेदवारहरु विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार परशुराम खतिवडा विजयी भएका छन् । उनले ७ हजार ९ सय ५६ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार प्रेमनाथ सिलवालले ६ हजार १ सय ७१ मत प्राप्त गरे । 

धादिङको सिद्धलेकमा कांग्रेसका खतिवडा र समाजवादीकी अर्याल विजयी

उपाध्यक्षमा नेकपा एकिकृत समाजवादीका उम्मेदवार सविता अर्याल विजयी भएकी छन् । उनले ७ हजार ३ सय ६२ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेकी उम्मेदवार कमला शर्माले ६ हजार २ सय १२ मत प्राप्त गरिन् । अध्यक्ष र उपाध्यक्षमा पराजित सिलवाल र शर्मा २०७४ सालको निर्वाचनमा एमालेबाट विजयी भएका थिए । उनीहरु दोहोरिएर उम्मेदवार बनेका थिए ।

गाउँपालिकाको वडा नं १ माओवादीका पेमा वाङग्याल लामा, वडा नं २ मा नेपाली काँग्रेसका शम्भु गुरुङ, वडा नं ३ मा नेकपा एमालेका देवबहादुर पुलामी, वडा नं ४ मा एमालेकै झंकबहादुर थापा मगर, वडा नं ५ मा माओवादीका बुध घले, वडा नं ६ मा एमालेका सुरेन्द्र कुमार मगर, वडा नं ७ मा काँग्रेसका सानो गिरी निर्वाचित भएका छन् ।

प्रकाशित : जेष्ठ ४, २०७९ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?