प्यूठानको झिमरुकको अध्यक्षमा माओवादी, उपाध्यक्षमा कांग्रेस विजयी

जेष्ठ ४, २०७९

शमशेरविक्रम जीसी

प्यूठान — नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहको गृहपालिका झिमरुक गाउँपालिकामा नेकपा माओवादी केन्द्रका पितबहादुर एमसी गाउँपालिका अध्यक्षमा विजयी भएका छन् । राष्ट्रिय जनमोर्चाको प्रभाव क्षेत्र मानिने झिमरुक गाउँपालिकामा जनमोर्चाका टीकाबहादुर जिसीलाई पराजित गर्दै नेकपा माओवादी केन्द्रका पितबहादुर एमसी विजयी भएका हुन् ।

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहको गृहपालिका झिमरुक गाउँपालिकामा नेकपा माओवादी केन्द्रका पितबहादुर एमसी गाउँपालिका अध्यक्षमा विजयी भएका छन् । राष्ट्रिय जनमोर्चाको प्रभावशाली मानिने झिमरुक गाउँपालिकामा जनमोर्चाका टीकाबहादुर जिसीलाई पराजित गर्दै नेकपा माओवादी केन्द्रका पितबहादुर एमसी विजयी भएका हुन् । 

माओवादी केन्द्रका एमसीले ५ हजार ९२९ मत ल्याएर निर्वाचित भए । उनका प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका टीकाबहादुर जीसीले ५ हजार ६९६ मत ल्याए । 

यस्तै गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसका प्रमोद पोख्रेल विजयी भएका छन् । नेकपा एमालेकी बिष्णा घर्तिमगरलाई पराजित गर्दै पोख्रेल विजयी भएका हुन् । कांग्रेसका पोख्रेलले  ६ हजार ४१९ मत प्राप्त गर्दा नेकपा एमालेकी विष्णु घर्ती मगरले ४ हजार ५६२ मत प्राप्त गरिन् । 

यसअघिको स्थानीय तहमा राष्ट्रिय जनमोर्चाले गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा विजयी हासिल गरेको थियो । यस पटकको स्थानीय तह निर्वाचनमा झिमरुक गाउँपालिकामा नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाका बीचमा तालमेल भएको थियो भने नेकपा एमाले र माओवादी केन्द्रका बीचमा वाम गठबन्धन भएको थियो । 

स्थानीय तह निर्वाचन २०७९

शमशेरविक्रम जीसी कान्तिपुरका प्यूठान संवाददाता हुन् ।

Link copied successfully