कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

भक्तपुरको चाँगुनारायण प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

भक्तपुर — चाँगुनारायण नगरपालिकाको नगरप्रमुखमा कांग्रेसका जीवन खत्री र उपप्रमुखमा एमालेका उम्मेदवार रमेश बुढाथोकी विजयी भएका छन् । खत्रीले निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार निवर्तमान उपप्रमुख बिना बास्तोलालाई ३ सय ९० मतान्तरले पराजित गरे । खत्रीले ९ हजार ५५० मत प्राप्त गरी विजयी भएका छन् भने बास्तोलाले ९ हजार १६० मत ल्याएकी छन् । 

भक्तपुरको चाँगुनारायण प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

उपप्रमुखमा विजयी बुढाथोकीले निकतम प्रतिद्वन्द्वी कांग्रेसकी उम्मेदवार सुभद्रा काफ्लेलाई २ हजार ३१ मतान्तरले पराजित गराउँदै ११ हजार १ सय ७ मत प्राप्त गरी विजयी भएका छन् । काफ्लेले ९ हजार ७६ मत ल्याएकी छन् ।

चाँगुनारायण नगरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तेस्रो स्थान लिएको छ । राप्रपाबाट नगरप्रमुखका उम्मेदवार रविन्द्रप्रताप शाहले ८ हजार ६७ मत र उपप्रमुखकी उम्मेदवार मञ्जु कार्कीले ६ हजार ८६ मत प्राप्त गरिन् ।

चाँगुनारायण नगरको वडास्तरमा भने मिश्रित परिणाम आएको छ । वडा नम्बर १, २, ५ र ७ मा कांग्रेस, ३ र ४ मा एमाले, ६ र ७ मा राप्रपा तथा ९ मा नेमकिपाबाट वडाध्यक्षका उम्मेदवार विजयी भएका छन् ।

प्रकाशित : जेष्ठ ४, २०७९ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?