कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

भरतपुरमा दाहाल १५ सय १२ मतले अगाडि

रमेशकुमार पौडेल

चितवन — भरतपुर महानगरपालिककाे मेयर पदमा सत्तारूढ गठबन्धनको तर्फबाट मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहाल वडा नम्बर ६ काे मतगणना चल्दै गर्दा फराकिलाे मतान्तर बनाउँदै गएकी छन् ।

भरतपुरमा दाहाल १५ सय १२ मतले अगाडि

दाहाल र मेयर पदमा एमालेका उम्मेदवार विजय सुवेदीबीच १ हजार ५ सय १२ मतकाे अन्तर भएकाे छ । रेनु दाहालले ९ हजार ६ सय ३१ र सुवेदीले ८ हजार १ सय १९ मत ल्याएका छन् । मेयर पदमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पाैडेलकाे ४ हजार ३६० मत आएकाे छ । भरतपुरकाे वडा नं. ६ सत्तारूढ गठबन्धनका दल नेपाली कांग्रेस र माओवादी केन्द्र दुवैकाे राम्राे प्रभाव रहेकाे वडा हाे ।

याे वडामा उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीकाे ११ हजार ५ सय १५ र राप्रपाकी हिमला अधिकारीकाे ६ हजार ६ सय ११ मत आएकाे छ । अधिकारी सत्तारूढ गठबन्धनका उम्मेदवार हुन् भने हिमलालाई एमालेकाे समर्थन छ । वडा नम्बर ६ काे वडाध्यक्षमा कांग्रेसका उम्मेदवारकाे दुई हजार ३ सय ५ मत र एमालेका उम्मेदवारकाे एक हजार ८७८ मत आएकाे छ ।

२९ वटा वडा रहेकाे भरतपुरमा कुल १ लाख २७ हजार ८३९ मत खसेकाे छ । ५ वटा वडाकाे सकेर ६ काे गणना चली रहँदा हालसम्म २६ हजार ५२६ मत गनेर सकिएकाे छ ।

प्रकाशित : जेष्ठ ४, २०७९ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?