२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बझाङको जयपृथ्वी नगरपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित 

वसन्तप्रताप सिंह

बझाङ — बझाङको सदरमुकाम समेत रहेको जयपृथ्वी नगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट मेयर पदमा नेपाली कांग्रेसका चेतराज बजाल र उपमेयरमा नेकपा (माओवादी केन्द्र)का रतनबहादुर सिंह निर्वाचित भएका छन्।

बझाङको जयपृथ्वी नगरपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित 

मुख्यनिर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार मेयरमा निर्वाचित बजालले ४ हजार ९ सय ७० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार सुरतबहादुर सिंहले ३ हजार ४ सय ९९ मत पाएका थिए । मेयरमा विजयी उम्मेदवारले प्रतिस्पर्धीलाई १ हजार ७ सय ४१ को मतान्तरले पराजित गरेका हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा यो नगरपालिकामा ७४ मतान्तरले एमालेका उम्मेदवार निर्वाचित भएका थिए ।

यस्तै, उपमेयर पदमा निर्वाचित नेकपा (माओवादी केन्द्र)का सिंहले ४ हजार ६ सय २७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार जमुना चन्दले ३ हजार ३ सय ९१ मत पाइन् । जयपृथ्वी नगरपालिकाका ११ वडामध्ये तीन वडामा एमालेका अध्यक्ष निर्वाचित भएका छन् भने कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीले दुई-दुई वडाका अध्यक्ष जितेका छन् । यो नगरपालिकाका २ वडाध्यक्षमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

प्रकाशित : जेष्ठ ४, २०७९ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?