कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

सल्यानको  दार्मा गाउँपालिकामा माओवादीका उम्मेदवार विजयी 

विप्लव महर्जन

सल्यान — दार्मा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका नीमबहादुर केसी र उपाध्यक्षमा माओवादी केन्द्रकै जुना मल्ल चन्द विजयी भएका छन्  । आफ्ना निकटतम प्रतिस्पर्धीलाई एक हजारभन्दा बढीको मत अन्तरले पछि पार्दै अध्यक्षमा केसी र उपाध्यक्षमा चन्द निर्वाचित भएका हुन् ।

सल्यानको  दार्मा गाउँपालिकामा माओवादीका उम्मेदवार विजयी 

पालिकाको अध्यक्षमा विजयी भएका केसीले ४ हजार ४ सय ६४ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामचन्द्र केसीले ३ हजार १४ मत ल्याएका थिए । एमालेका गणेशमान सिंहले १ हजार १ मत ल्याएका थिए । निर्वाचित केसीले रामचन्द्रलाई १ हजार ४ सय ५० मतले पछि पारेका थिए भने चन्दलाई ३ हजार बढि मतले पछि पारेका थिए ।

यस्तै उपाध्यक्षमा विजयी भएकी माओवादी केन्द्रकै जुना मल्ल चन्दले ४ हजार ४ सय ६६ मत ल्याएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी उम्मेदवार उषा चन्दले २ हजार ८ सय ६४ मत ल्याएक थिइन भने एमालेकी पुतला खड्काले १ हजार ६ मत ल्याएकी थिइन् । उपाध्यक्ष निर्वाचित चन्दले उषा चन्दलाई १ हजार ४ सय ५२ मतान्तरलेपछि पारेकी थिइन् भने खड्कालाई ३ हजारभन्दा बढीको मतान्तरले पछि परेकी हुन् ।

मतगनना सुरु भएदेखि नै पालिकाको अध्यक्ष, उपाध्यक्ष पदमा प्रतिस्पर्धा भएको थियो । दार्माका ७ वडामा पनि माओवादी केन्द्रले नै जितेको छ ।

अध्यक्षमा निर्वाचित केसीको यो दोस्रो कार्यकाल हो । उनले ०७४ को स्थानीय तह निर्वचनमा पनि जित हासिल गरेका थिए ।

दार्मा गाउँपालिकाका निर्वाचन अधिकृत पवनकुमार तिमिल्सिनाले बुधबार नै निर्वाचित टोलीलाई प्रमाणपत्र र सपथ खुवाउने बताएका छन् । दार्मामा १२ हजार ४ सय ३७ मतदाता रहेका मध्ये ९ हजार १ सय ४५ ले मतदान गरेका थिए ।

जिल्लाको १० स्थानीयतह मध्ये अहिलेसम्म ९ को मतगणना सकिएको छ । कांग्रेसले चार, माओवादी केन्द्रले दुई, एमालले दुई र एकीकृत समाजवादीले एक पालिकामा जित हासिल गरेका छन् । बागचौर नगरपालिको मत गणना भइरहेको छ । उक्त नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

प्रकाशित : जेष्ठ ४, २०७९ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?