केराबारी गाउँपालिका अध्यक्षमा सुमन र उपाध्यक्षमा मनमाया निर्वाचित

देवनारायण साह

मोरङ — मोरङको केराबारी गाउँपालिका अध्यक्षमा एमालेका सुमन मिरिङचिङ मगर र उपाध्यक्षमा एमालेकी मनमाया मगर निर्वाचित भएका छन् । सुमनले कांग्रेसबाट निर्वाचित निवर्तमान गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्कीलाई १ हजार ४ सय २० मतको अन्तरले पराजित गरेका हुन् ।

केराबारी गाउँपालिका अध्यक्षमा सुमन र उपाध्यक्षमा मनमाया निर्वाचित

केराबारी गाउँपालिकाका निर्वाचन अधिकृत भानुभक्त न्यौपानेका अनुसार अध्यक्षमा सुमनले ७ हजार ८ सय १० मत र मनमायाले उपाध्यक्षमा ६ हजार ४ सय २८ मत ल्याएर निर्वाचित भएका हुन् ।

गाउँपालिका अध्यक्षमा कांग्रेसका कार्कीले ६ हजार ३ सय ९० मत प्राप्त गरेका छन् । उपाध्यक्षमा कांग्रेसकी सुभद्रा राईले ६ हजार ४ सय २८ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी भइन् ।

उक्त गाउँपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसका कार्कीले अध्यक्षमा ५ हजार ४ सय ९९ र उपाध्यक्षमा एमालेकी शान्तिकुमारी लिम्बूले ५ हजार ७ सय ४७ मत ल्याएर जितेका थिए ।

१० वडा रहेको केराबारीमा कांग्रेसले वडा नम्बरहरू ४, ८ र ९, माओवादी केन्द्रले वडा नम्बर ६ र एमालेले नम्बरहरू १, २, ३, ५, ७ र १० को अध्यक्ष जितेका छन् ।

प्रकाशित : जेष्ठ ४, २०७९ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?