गैंडाकोटको मेयर चुनिए कांग्रेसका मदनभक्त अधिकारी, उपमेयरमा शान्ति कोइराला   

जेष्ठ ४, २०७९

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकामा नेपाली कांग्रेसले मेयर र उपमेयरसहित बहुमत वडा जितेको छ । निर्वाचन कार्यालयका अनुसार त्यहाँ मेयरका रुपमा मदनभक्त अधिकारीले १६ हजार ४ सय ५५ मत पाएका छन् । उनका प्रतिस्पर्धी एमालेका छत्रराज पौडेलले १३ हजार ६ सय ६ मत पाएका थिए । 

त्यसैगरी कांग्रेसबाट निर्वाचित उपमेयर शान्ति कोइरालाले १६ हजार १ सय १४ र उनका प्रतिस्पर्धी राप्रपाका तुलाराम पौडेलले ८ हजार ६ सय ४० मत पाएका छन् ।  गैंडाकोटमा बहुमत वडा कांग्रेसले जितेको छ । मेयरमा निर्वाचित मदनभक्त अधिकारी पञ्चायतकालमा लगातार २५ वर्षसम्म गैंडाकोटमा प्रधानपञ्चमा निर्वाचित ब्यक्ति हुन् । उनी कांग्रेसका किसान नेता स्वर्गीय सूर्यभक्त अधिकारीका छोरा हुन् । 

स्थानीय तह निर्वाचन २०७९

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully