महोत्तरीको रामगोपालपुरमा मेयर र उपमेयरमा एमाले विजयी

सुनिता बराल

(महोत्तरी) — महोत्तरीको रामगोपालपुर नगरपालिकाको मेयर र उपमेयरमा एमाले उम्मेदवार विजयी भएका छन् । मेयरमा राम दुलार साहले ५ हजार ३ सय ४९ मत प्राप्त गरी निर्वाचित भए । उपमेयरमा रिनादेवी यादवले ४ हजार २ सय ६३ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

महोत्तरीको रामगोपालपुरमा मेयर र उपमेयरमा एमाले विजयी

मंगलबार मध्यराति सार्वजनिक भएको मत परिणाम अनुसार मेयरमा साह र उपमेयरमा यादव निर्वाचित भएको घोषणा रामगोपालपुर निर्वाचन कार्यालयका अधिकृत जानकीरमण यादवले गरेका हुन् । नवनिर्वाचित नगरप्रमुख साहका प्रतिस्पर्धी माओवादी केन्द्रका अशोककुमार मण्डलले ३ हजार ५ सय ८६ मत प्राप्त गरे । माओवादीका मण्डल यसअघि रामगोलपुरका मेयर थिए ।

उपप्रमुख यादवकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी पुष्पादेवी कुशवाहले ३ हजार ४ सय ३ मत प्राप्त गरेकी छिन् । मत परिणाम आफ्नो हुने आशासहित मेयरमा मण्डल र उपमेयरमा सीतादेवी साहलाई नै माओवादीले दोहोर्‍याएर टिकट दिएको थियो । कुल १९ हजार ७ सय ५८ मतदाता र ९ वटा वडा रहेको रामगोपालपुर मत परिणाम सार्वजनिक गर्ने महोत्तरी जिल्लाको पहिलो पालिका हो ।


प्रकाशित : जेष्ठ ४, २०७९ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?