इलाम — रोङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मनिकुमार स्याङवो (सुवास) निर्वाचित भएका छन् । स्याङवोले ४ हजार ६ सय ६९ मत प्राप्त गरे । उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेका मेहरमान तामाङले ४ हजार ३ सय २२ मत ल्याए ।
उपाध्यक्षमा नेकपा एमालेकी विष्णुमाया खवास निर्वाचित भइन् । खवासले ४ हजार ६ सय ९७ मत पाइन् । प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी कल्पना खनालले ४ हजार १ सय ९७ मत प्राप्त गरिन् । ६ वडा रहेको यो पालिकामा नेपाली कांग्रेसले ३, एमालेले २ र एउटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
