पर्साको धोबीनी गाउँपालिका अध्यक्षमा जसपाका चौहान निर्वाचित

विप्लव महर्जन

काठमाडौँ — पर्साको धोबीनी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी, नेपाल (जसपा)का मदनप्रसाद चौहान निर्वाचित भएका छन् ।

पर्साको धोबीनी गाउँपालिका अध्यक्षमा जसपाका चौहान निर्वाचित

चौहानले ३ हजार ९१ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार बशीष्‍टनारायणप्रसाद कुर्मीलाई २० मतान्तरले पराजित गरेका हुन् । पराजित बशीष्‍टनारायणप्रसाद कुर्मीले ३ हजार ७१ मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी मञ्जु देवी निर्वाचित भएकी छन् । उनले ३ हजार १ हजार ४३ मत ल्याएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी जसपाकी प्रियंकादेवी यादवले भने २ हजार ५ सय ७७ मत ल्याएकी छन् ।

प्रकाशित : जेष्ठ ४, २०७९ ०४:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?