पर्साको धोबीनी गाउँपालिका अध्यक्षमा जसपाका चौहान निर्वाचित

जेष्ठ ४, २०७९

विप्लव महर्जन

काठमाडौँ — पर्साको धोबीनी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी, नेपाल (जसपा)का मदनप्रसाद चौहान निर्वाचित भएका छन् ।

चौहानले ३ हजार ९१ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार बशीष्‍टनारायणप्रसाद कुर्मीलाई २० मतान्तरले पराजित गरेका हुन् । पराजित बशीष्‍टनारायणप्रसाद कुर्मीले ३ हजार ७१ मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी मञ्जु देवी निर्वाचित भएकी छन् । उनले ३ हजार १ हजार ४३ मत ल्याएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी जसपाकी प्रियंकादेवी यादवले भने २ हजार ५ सय ७७ मत ल्याएकी छन् । 

स्थानीय तह निर्वाचन २०७९

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully