मध्यपुर थिमि नगरप्रमुखमा कांग्रेसका सुरेन्द्र, उपप्रमुखमा माओवादी केन्द्रका विजयकृष्ण निर्वाचित

जेष्ठ ४, २०७९

कान्तिपुर संवाददाता

भक्तपुर — मध्यपुर थिमि नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मध्यपुर थिमि नगरप्रमुखमा कांग्रेसका सुरेन्द्र श्रेष्ठ र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठ विजयी भएका छन् ।

सुरेन्द्र श्रेष्ठले निकटतम् प्रतिद्वन्द्वी निवर्तमान नगरप्रमुख एवम् एमालेका उम्मेदवार मदनसुन्दर श्रेष्ठलाई ४०६३ मतले पराजित गरेका छन् । सुरेन्द्र श्रेष्ठले १५ हजार ९८ मत प्राप्त गरे भने मदनसुन्दरले ११ हजार ३५ मत प्राप्त गरेका छन् । 

नगरउपप्रमुखमा विजय श्रेष्ठले  १२ हजार १ सय २ मत प्राप्त गरे । श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार उत्तरा नेपाललाई ३ हजार १३९ मतले पराजित गरे । नेपालले ८९६३ मत पाएकी छन् । 

स्थानीय तह निर्वाचन २०७४ मा मदनसुन्दर श्रेष्ठले १४ हजार मत प्राप्त गरेका थिए भने, उनका प्रतिद्वन्द्वी अष्टकुमार कवेले १० हजार १६५ मत प्राप्त गरेका थिए । २०७९ को निर्वाचनमा मदनसुन्दरले अघिल्लो निर्वाचनमा पाएको मत जोगाउन सकेनन् । मदरसुन्दर श्रेष्ठ र सुरेन्द्र श्रेष्ठ नाताले जेठान हुन् ।

मध्यपुर थिमि नगरको वडा नम्बर १,२,३, ५, ६ र ९ कांग्रेस, ४ र ७ एमाले, ८ वडामा नेमकिपाका उम्मेदवारले वडाध्यक्षमा विजयी हासिल गरेको छ ।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully