नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा माओवादी विजयी

जेष्ठ ४, २०७९

कृष्ण थापा

नुवाकोट — दुप्चेश्वर गाउँपालिकामा माओवादीका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा शंकरबहादुर थापा र उपाध्यक्षमा माकुरी तामाङले जितेका छन् । अध्यक्ष थापाले ४ हजार ४७३ मत ल्यायी विजयी भएको निर्वाचन अधिकृत केशर पण्डितले बताए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पूर्णबहादुर तामाङलाई १ हजार २३ मतान्तरले पराजित गरे । पूर्णबहादुरले ३ हजार ४सय ५० मत ल्याएका थिए । त्यसैगरी एमालेबाट ३ हजार १४१ मत ल्याएर निर्वतमान अध्यक्ष योविन्द्रसिं तामाङ तेस्रो स्थानमा रहेका छन् । उनी कांग्रेसबाट टिकट नपाएपछि एमाले प्रवेश गरेर चुनावी मैदानमा उत्रेका थिए । त्यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रकी माकुरी तामाङले ७ सय ९८ मतान्तरले कांग्रेसकी निर्वतमान उपाध्यक्ष अन्जु आचार्यलाई पराजित गरिन् । उपाध्यक्ष तामाङले ४ हजार ४३३ मत ल्याएर विजयी भएकी छन् ।  

कांग्रेसले जितेको उक्त पालिकामा यो पटक माओवादीले अध्यक्ष र उपाध्यक्ष जितेको छ । विजयी अध्यक्ष, उपाध्यक्षसहितलाई निर्वाचन अधिकृत पण्डितले विजयीपछि प्रमाणपत्र प्रदान गरेका छन् । दुप्चेश्वर गाउँपालिकाको वडा १,२, ४ र ७ माओवादीको जितेको छ भने ५ र ६ एमाले र ३ वडा मात्र कांग्रेसले जितेको छ । 

स्थानीय तह निर्वाचन २०७९

कृष्ण

Link copied successfully