३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

छत्रेस्वरी गाउँपालिकामा एमाले विजयी

विप्लव महर्जन

सल्यान — जिल्लाको छत्रेस्वरी गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्ष पदमा एमालेका ओजबहादुर बुढाथोकी विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वीलाई १ हजार २ सय ६९ मतले पछि पार्दै बुढाथोकेी विजयी भएका हुन् ।

छत्रेस्वरी गाउँपालिकामा एमाले विजयी

विजयी भएका बुढाथोकीले ३ हजार ८ सय ९२ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका केशबहादुर विष्टले २ हजार ६ सय २३ र माओवादी केन्द्रका प्रेम खडकाले २ हजार ५ सय ९ मत ल्याएका छन् ।

यस्तै, उपाध्यक्षमा पनि एमालेकै बुद्धाकुमारी खत्री विजयी भएकी छन् । विजयी भएकी खत्रीले ३ हजार ३ सय ८२ मत ल्याएकी छन् भने उनकी प्रतिद्वन्द्वी कांग्रेसकी सीता गिरीले ३ हजार ४७ र नेकपा समाजवादीका राजबहादुर बुढाथोकीले १ हजार ९ सय ८८ मत ल्याएका छन् ।

उपाध्यक्षमा खत्रीले कांग्रेसकी सीता गिरीलाई ३ सय ३५ र बुढाथोकीलाई १ हजार ३ सय ९४ मतले पछि पारेकी छन् । मतगणनाका क्रममा अध्यक्ष, उपाध्यक्ष पदमा कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवारबीच त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो । योभन्दा अघि ०७४ को स्थानीय तहको निर्वाचनमा छत्रेस्वरी गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्ष दुवै पदमा कांग्रेसले जितेको थियो ।

विजयी भएकालाई बुधबार एक कार्यक्रम गरी प्रमाणपत्र र शपथ खुवाइने निर्वाचन अधिकृत जयप्रसाद धितालले बताए । १५ हजार ६ सय ९८ मतदाता रहेको छत्रेस्वरीमा यहि वैशाख ३० गते भएको निर्वाचनमा विभिन्न मतदान केन्द्रबाट १० हजार ४ सय ६२ ले मतदान गरेका जानकारी गराए । उनका अनुसार पालिकाका सात वडामा एमाले, कांग्रेस र माओवादीले जितेका छन् ।

यस्तै जिल्लाको १० पालिकामा अहिलेसम्म सात पालिकाको निर्वाचन सम्पन्न भएको छ । तीन वटामा कांग्रेसले अध्यक्षमा, दुई वटामा एमालेले, एक–एक वटामा समाजवादीले र माओवादीले जित हासिल गरेको छ ।

प्रकाशित : जेष्ठ ४, २०७९ ०२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?