इलाम नगरपालिकामा कांग्रेस विजयी

जेष्ठ ४, २०७९

विप्लव भट्टराई

इलाम — इलाम नगरपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयर पदमा नेपाली कांग्रेसका केदार थापा विजयी भएका छन् । उनले १३ हजार १ सय १५ मत प्राप्त गरे । उपमेयरमा कांग्रेसकै विष्णु दाहाल लिम्बूले विजय प्राप्त गरिन् । उनले १३ हजार ५ सय ४२ मत प्राप्त गरिन् ।

मेयरमा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धिरेन चेम्जोङले १० हजार ५ सय ८७ मत ल्याए । त्यस्तै, उपमेयरमा एमालेकै सीतादेवी रिजालले १००८८ मत ल्याएकी छन् । २०४८ सालको स्थानीय निर्वाचनपछि इलाम नगरपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको हो । 

१२ वटा वडा रहेको इलाममा ९ वटामा कांग्रेसले वडाध्यक्ष जितेको छ भने ३ वटामा एमाले विजयी भएको छ । 

स्थानीय तह निर्वाचन २०७९

विप्लव

Link copied successfully