मकवानपुरको थाहा नगरपालिकामा गठबन्धन विजयी

जेष्ठ ४, २०७९

सुवास विडारी

मकवानपुर — मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकामा सत्तारुढ गठबन्धन विजयी भएको छ ।

नेकपा एमालेको उम्मेदवारलाई पराजित गर्दै गठबन्धन विजयी भएको हो । थाहाको मेयरमा माओवादी केन्द्रको विष्णु विष्ट र उपमेयरमा कांग्रेसका भरत गोपाली विजयी भएका हुन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि थाहामा सत्तारुढ गठबन्धन नै विजयी भएको थियो ।

कुल २३ हजार ५६ मत खसेकोमा मेयरमा विष्णु विष्टले ९ हजार ७ सय १९ मत प्राप्त गरी विजयी भए । मेयरमा एमालेका उम्मेदवार अच्युतम ढकालले ७ हजार ७ सय ७१ मत प्राप्त गरे । उपमेयरमा कांग्रेसका भरत गोपालीले ८ हजार ६ सय ७ मत प्राप्त गरे । उपमेयरमा एमालेकी कल्पना बलामीले ८ हजार ५ सय २२ मत प्राप्त गरिन् । थाहामा माओवादीले ६ वटा, कांग्रेस र एमालेले ३/३ वडामा विजयी भएका छन् । 

स्थानीय तह निर्वाचन २०७९

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully