धुलिखेलको मतगणना रोकियो

जेष्ठ ३, २०७९

नगेन्द्र अधिकारी

काभ्रे — स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत धुलिखेल नगरपालिकाको मतगणना रोकिएको छ । उम्मेदवार नभएको चिह्नको मत सदर वा बदर गर्ने भन्ने विषयमा विवाद भएपछि मतगणना रोकिएको छ ।

मतगणना सुरु हुनुअघि दलहरुसहितको बैठकले एउटै पदमा उम्मेदवार नउठेको र उठेको पदमा दुवैमा छाप छ भने उम्मेदवार भएको पदमा त्यो संकेत सदर मान्ने निर्णय भएको थियो ।  सोही अनुरुप वडा नं ८ सम्मको मतगणना सकिसकेको छ । यसअघि प्रमुख पदमा उम्मेदवार नभएको रुख र अन्य कुनै चिह्नमा संकेत भएको पाइए सो मत सदर गरिँदै आएको थियो । 

वडा नं ९ को मतगणना सुरु गर्न तयारी गरेपछि एमालेले सो नियम मान्न नसकिने भन्दै अर्को नियम बनाएर गर्नुपर्ने अडान राखेको छ । कांग्रेस, स्वतन्त्र लगायतका उम्मेदवारले भने एउटै नियम अनुसार बाँकी मत गणना हुनुपर्ने बताएका छन् । 

विवाद सिर्जना भएपछि दलका जिल्लास्थित प्रमुख, उम्मेदवारसहितको बैठक बसिरहेको छ । 

स्थानीय तह निर्वाचन २०७९

नगेन्द्र

Link copied successfully