सुर्खेतको बराहतालमा कांग्रेस विजयी

जेष्ठ ३, २०७९

चाँदनी कठायत

सुर्खेत — सुर्खेतको बराहताल गाउँपालिकाकाे अध्यक्षमा नेपाली कांग्रेसका भिमबहादुर भण्डारी विजयी भएका छन् ।

भण्डारीले नेकपा एमालेका घनश्याम पाण्डेललाई हराउँदै अध्यक्षमा विजयी भएका हुन् । भण्डारीले ४२७३ मत प्राप्त गरेका छन् भने एमालेका पाण्डेलले ३५५५ मत प्राप्त गरेका छन् ।

यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसकी लक्ष्मी पुनमगर विजयी भएकी छन् । उनले ४३०१ मत प्राप्त गरेकी छन् । उनले नेकपा एमालेकी दुर्गाकुमारी विष्टलाई पराजित गरेकी हुन् ।

विष्टले ३५९९ मत प्राप्त गरेकी छन् ।

स्थानीय तह निर्वाचन २०७९

चाँदनी

Link copied successfully