डोल्पाको त्रिपुरासुन्दरीको प्रमुख, उपप्रमुखमा एमालेका उम्मेवादवार विजयी


रुकुम पश्चिम — डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नगरप्रमुखमा एमालेका जुनचन्द्र रोकाया र उपप्रमुखमा एमालेकै उम्मेदवार देवी घर्ती विजयी भइन् ।


नेपाली कांग्रेसका चन्द्रलाल धरालालाई पछि पार्दै एमालेका रोकायाले नगरप्रमुख जितेका हुन् । उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी काली चलाउनेलाई एमालेकी घर्तीले पराजित गरेकी हुन् ।
नगरप्रमुखमा विजय भएका रोकायाले २ हजार १ सय ४ मत ल्याएका छन् भने कांग्रेसका धरालाले १ हजार ५ सय ९६ मत पाएका छन् ।
उपप्रमुखमा निर्वाचित एमालेकी घर्तीको पक्षमा १ हजार ८ सय ५६ मत आएको छ भने माओवादीकी चलाउनेको १ हजार २ सय ९० मत आएको छ ।
२०७४ सालको निर्वाचनमा पनि यो नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा एमालेका उम्मेदवार विजेता भएका थिए ।