कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नुवाकोटको ककनी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

कृष्ण थापा

नुवाकोट — माओवादी केन्द्रले ककनी गाउँपालिकामा आफ्नो वर्चश्व कायम राखेर अध्यक्ष र उपाध्यक्ष दुवै पदमा विजयी भएको छ ।

नुवाकोटको ककनी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

अध्यक्षमा सुमन तामाङले ४ हजार ९०९ मत प्राप्त गरे भने उपाध्यक्षमा मिठूमाया लामा तामाङले ४ हजार ९८ मत ल्याइन् ।

उनीहरुका प्रतिद्वन्द्वी अध्यक्षमा नेपाली कांग्रेसका नवराज घिमिरेले ४ हजार १७४ मत ल्याए भने उपाध्यक्षमा कांग्रेसकी प्रमिशा तामाङले ३ हजार ८३० मत प्राप्त गरिन् ।

अध्यक्षमा ७३५ मत र उपाध्यक्षमा २६८ मत अन्तरले कांग्रेसलाई पछि पार्दै माओवादी विजयी भएको हो ।

यसअघि ०७४ सालको स्थानीय निर्वाचनमा पनि माओवादी विजयी भएको थियो ।


प्रकाशित : जेष्ठ ३, २०७९ २१:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?