नुवाकोटको ककनी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

जेष्ठ ३, २०७९

कृष्ण थापा

नुवाकोट — माओवादी केन्द्रले ककनी गाउँपालिकामा आफ्नो वर्चश्व कायम राखेर अध्यक्ष र उपाध्यक्ष दुवै पदमा विजयी भएको छ ।

अध्यक्षमा सुमन तामाङले ४ हजार ९०९ मत प्राप्त गरे भने उपाध्यक्षमा मिठूमाया लामा तामाङले ४ हजार ९८ मत ल्याइन् । 

उनीहरुका प्रतिद्वन्द्वी अध्यक्षमा नेपाली कांग्रेसका नवराज घिमिरेले ४ हजार १७४ मत ल्याए भने उपाध्यक्षमा कांग्रेसकी प्रमिशा तामाङले ३ हजार ८३० मत प्राप्त गरिन् ।

अध्यक्षमा ७३५ मत र उपाध्यक्षमा २६८ मत अन्तरले कांग्रेसलाई पछि पार्दै माओवादी विजयी भएको हो । 

यसअघि ०७४ सालको स्थानीय निर्वाचनमा पनि माओवादी विजयी भएको थियो ।

स्थानीय तह निर्वाचन २०७९

कृष्ण

Link copied successfully